काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब रमेश सिलवालले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कम्तिमा ५० स्वर्ण जित्ने लक्ष्य राखेको बताएका छन् ।
१३ औं साग आयोजक मूल समितिले शनिबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिब सिलवालले नेपालले आठौं सागको सर्वाधिक स्वर्णको कीर्तिमान तोड्ने बताए ।
'पदकको राम्रो तयारी छ । परिणाम राम्रो आउछ । आठौंमा २१ पदक जितेका थियौं,' सिलवालले भने, 'अब २७ खेलमा न्युनतम ५० स्वर्ण जित्ने हाम्रो लक्ष्य छ ।'
१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं,पोखरा र जनकपुरमा हुनेछ । सागको यस संस्करणमा २७ खेलमा प्रतिस्पर्धा हुनेछ ।
यस्तै सदस्य सचिब सिलवालले सागका लागि बन्दै गरेको अधिकास पूर्वाधार खेल्न मिल्ने बनिसकेको समेत बताए ।