काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को काउन्ट डाउन सुरु भएको छ ।
१३ औं साग आयोजक मूल समितिले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सागकाे दिन गन्ती सुरू भएकाे घाेषणा गरेको छ ।
साग सुरु हुन १५ दिन बाँकी रहदा काउन्ट डाउन सुरू गरिएकाे हाे ।
कार्यकममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवालले सागकाे वेभ साईटको उद्घाटन गरे ।
यस्तै सागकाे अफिसियल प्राेमाे समेत सार्वजनिक गरिएकाे थियाे ।
१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं,पोखरा र जनकपुरमा हुनेछ ।
सागको यस संस्करणमा २७ खेलमा प्रतिस्पर्धा हुनेछ ।
साग अन्तर्गत काठमाडौंमा २१, पोखरामा ९ र जनकपुरमा १ खेल हुनेछ ।
सागको यस संकरणमा ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ७८ कास्यसहित कुल १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
यस्तै सागको उद्घाटन समारोह ३ घण्टा २४ मिनेटमा हुनेछ । उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।