एजेन्सी । दक्षिण अफ्रिकाले रग्बी विश्वकपको उपाधि जितेको छ ।
जापानमा शनिबार भएको फाइनलमा इंग्ल्याण्डलाई पराजित गर्दै दक्षिण अफ्रिका च्याम्पियन बनेको हो ।
योकोहामामा भएको फाइनलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ३२-१२ को फराकिलो स्कोरले पराजित गर्यो । इंग्ल्याण्डलाई फराकिलो अन्तरले हराउने क्रममा दक्षिण अफ्रिकाले पहिलो हाफमै १२-६ को अग्रता बनाएको थियो ।
योसँगै दक्षिण अफ्रिकाले तेस्रो पटक रग्बी विश्वकपको उपाधि जित्न सफल भएको छ । यसअघि सन् १९९५ र २००७ मा दक्षिण अफ्रिकाले उपाधि जितेको थियो ।
यसअघि सेमिफाइनलमा दक्षिण अफ्रिकाले वेल्सलाई १९-१६ को स्कोरले हराएर फाइनल पुगेको थियो । यस्तै इंग्ल्याण्डले सेमिफाइनलमा न्युजिल्याण्डको चुनौती १९-७ को स्कोरले समाप्त पारेको थियो ।
विश्वकपमा २० राष्ट्रको सहभागिता रहेको थियो ।