काठमाडौं । नेपालमा आयोजना हुन लागेको तेह्रौ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि १४ वटा खेलका खेलाडीको अन्तिम छनोट सम्पन्न भएको छ ।
मंसिरको तेस्रो साता सुरु हुन लागेको प्रतियोगिताका लागि १४ खेलका खेलाडीको अन्तिम छनोट सकिएको हो । बाँकी खेलका खेलाडीको अन्तिम छनोट कात्तिक मसान्तसम्म सक्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।
राष्ट्रिय टिम तयारी समितिका संचिव महेन्द्रबहादुर राईका अनुसार आर्चरी, बक्सिङ, फेनिसिङ, जुडो, कँरोते, स्क्वास, तेक्वान्दो, टेनिस, उसु, टेबल टेनिस, ब्याडमिन्टन, भारत्तोलन, ह्यान्डबल र पुरुष विच भलिबलका खेलाडीको अन्तिम छनोट सकिएको छ ।
सागमा २७ खेल समावेश छन् । आयोजक नेपालले २७ वटै खेलमा चुनौती प्रस्तुत गर्नेछ ।
सागका लागि राखेपले २७ खेलबाट ११ सय ९७ खेलाडीलाई प्रारम्भिक चरणमा समावेश गरेको थियो । १४ खेलको अन्तिम छनोट सम्पन्न भएसंगै ४ सय ७२ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिएका छन् ।
अब १३ खेलका खेलाडीको अन्तिम छनोट हुन बाँकी छ ।