नेपाल सेमिफाइनलमा पराजित
आइतबार, ०३ कार्तिक २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल पहिलो संस्करणको दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपको सेमिफाइनलमा श्रीलंकासँग पराजित भएको छ ।
लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा आइतबार भएको पहिलो सेमिफाइनलमा नेपाल श्रीलंकासँग ५२–१५ ले पराजित भएको हो । श्रीलंकालाई जित दिलाउन हिरुनीले २९ अंक जोडेकी थिईन् ।
नेपाललाई हराएसँगै श्रीलंका फाइनलमा पुगेको छ । अब श्रीलंकाले मंगलबार हुने फाइनलमा भारतको सामना गर्नेछ ।
आइतबार नै भएको दोस्रो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ४६–२५ ले पराजित गरेको थियो । भारतको लागि अन्जली कुमारीले ३५ अंक जोडिन् ।
अब नेपालले तेस्रो स्थानका लागि माल्दिभ्ससँग खेल्नेछ ।








-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)




