शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एसियन गेम्समा फुटबल : समूह चरण पार गर्ने लक्ष्य

शनिबार, १२ श्रावण २०७५नमीन ढकाल
एसियन गेम्समा फुटबल  :  समूह चरण पार गर्ने लक्ष्य
mustang rice ad

काठमाडौं । एसियन गेम्सको १८ औं संस्करण सुरु हुन अब केही सातामात्र बाँकी छ । तय छ, प्रतियोगितामा नेपाली पुरुष फुटबल टिमले पनि सहभागिता जनाउनेछ ।

अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म हुने एसियन गेम्स इण्डोनेसियाको राजधानी जाकर्ता र पेलेम्बाङमा हुनेछ । इतिहासमा पहिलो पटक एसियन गेम्स दुई शहरमा हुदैछ । नेपालको राष्ट्रिय फुटबल टिमले प्रतियोगिताको तयारीलाई अन्तिम चरणमा पुर्राएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले एसियन गेम्स खेल्ने टोलीको घोषणा गरिसकेको छ । एसियन गेम्स नेपाली फुटबलका लागि आसन्न साफको तयारी समेत हो । नेपालले एसियन गेम्स खेल्नु अगाडी थाईल्याण्डमा १० दिनको बन्द प्रशिक्षणमा समेत सहभागी हुनेछ । नेपालले थाईल्याण्डको राष्ट्रिय टिम र एक विश्वविद्यालयको टोलीसंग मैत्रिपुर्ण खेल समेत खेल्नेछ ।

एसियन गेम्सको इतिहास हेर्दा नेपाली फुटबलको प्रर्दशन गतिलो छैन । हुन पनि नेपाली फुटबलले अहिले सम्म ५ पटक एसियन गेम्समा सहभागिता जनाईसकेको छ । सन् १९५१ मा भारतको नयाँ दिल्लीबाट एसियन गेम्स सुरु भएपनि नेपालले फुटबलमा भने ढिलै मात्र सहभागिता जनायो । 

सन् १९८२ मा भारतमै हुने प्रतियोगितामा नेपालले फुटबलतर्फ सहभागिता जनाउने निर्णय गर्यो । त्यसपछि नेपालले अहिलेसम्म पाँच पटक एसियन गेम्सको फुटबल स्पर्धामा सहभागिता जनाएको छ । जसमा १५ खेल खेलेको छ ।

रेकर्ड हेर्दा प्रष्ट देखिन्छ, नेपालले ६५ गोल खाएको छ, एक मात्र गोल गरेको छ । त्यो एकमात्र गोल यम बहादुर (वाईबि) घलेको नाममा छ ।

एसियन गेम्समा नेपालले पहिलो खेल कुबेतविरुद्ध खेलेको थियो । त्यो खेल नेपालले ३–१ ले हारेको थियो । त्यही खेलमा नेपालले गरेको गोल एसियन गेम्समा नेपालको पहिलो र अन्तिम गोल हुन पुग्यो । दोस्रो खेलमा इराकसंग र तेस्रो खेलमा म्यानमारसंग ३–० ले पराजित हुदै नेपाल फर्किएको थियो ।

सन् १९८६ मा कोरियाको सोलमा नेपाली फुटबलले दोस्रो पटक एसियन गेम्समा सहभागिता जनायो । प्रतिद्धन्दी थिए, एसियाली पावर हाउस जापान, कुबेत, बङ्गलादेश र इरान ।

पहिलो खेल नेपालले जापानसंग ५–० ले गुमायो । सोही अन्तरमा कुवेतसंग दोस्रो खेल हार्यो । तेस्रो खेलमा बंगलादेशसंग १–० ले हारेको नेपालले अन्तिम खेलमा इरानसंग ६–० ले पराजित हुदै समूह  चरणबाटै बाहिरियो ।

लगातारको लज्जास्पद प्रर्दशनपछि नेपालले सन् १९९० मा चीनको बेइजिङमा भएको प्रतियोगितामा सहभागी नहुने निर्णय गरेको थियो । त्यसको ४ बर्षपछि सन् १९९४ मा नेपालले जापानमा भएको एसियन गेम्सको फुटबलतर्फ सहभागी बन्यो । धेरैले नेपालले लज्जास्पद प्रर्दशनलाई लिएर यस संस्करणलाई सम्झिने गर्छन् ।

नेपालको प्रतिद्धन्दी थिए, दक्षिण कोरिया, कुवेत र ओमान । पहिलो खेल थियो, नेपाल भर्सेस कोरिया ।

कोरियाविरुद्धको खेल नेपालले १०–० ले गुमायो । कोरियाका ह्वाङ सु होङ एक्लैले ८ गोल गरे ।

दोस्रो खेलमा समेत नेपाल कुबेतसँग ८–० ले हार्यो । तेस्रो खेलमा ओमानसंग १–० ले हार्दै प्रतियोगिताको समूह चरणबाटै बिदा लियो ।

सन् १९९८ मा थाइल्याण्डको बैंककमा भएको एसियन गेम्समा समूहको ड्र सार्वजनीक हुदाँ नेपालले केही राहत महसुस गरेको थियो । समूहमा नेपाल सहित जापान र भारत थिए ।

हारको श्रृङ्खला थाईल्याण्डमा समेत रोकिएन । पहिलो खेलमा जापानसंग ५–० ले हारेको नेपालले दोस्रो खेलमा भारतलाई नतिजा १–० ले सुम्पिएको थियो ।

लगातारको खराब प्रर्दशनपछि नेपाली फुटबल टिमले सन् २००२ को कोरिया, सन् २००६ को कतार र सन् २०१० को चीनमा भएको प्रतियोगिता नै खेलेन ।

करिब १६ बर्षपछि नेपाली फुटबलले सन् २०१४ मा दक्षिण कोरियामा भएको १७ औं एसियन गेम्समा सहभागी हुने निर्णय गरेको थियो । तर, समूह चरणको ड्र सार्वजनीक हुदाँ नेपाल कठिन समुहमा गर्यो । प्रतिद्वन्द्वीको रुपमा थिए, इरान, कुबेत र जापान । जसमा नेपाल इरानसंग ४–० ले, कुबेतसंग ५–० ले जापानसंग ४–० ले पराजित हुन पुगेको थियो ।

एसियाली स्तरमा निरन्तरको खराब नतिजाको बाबजुत नेपालले इन्डोनेसियामा हुने एसियन गेम्सको तयारी थालेको छ । करिब ३ बर्ष लिग विहिन बनेको नेपालले आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको छ ।

नेपालले प्रतियोगिता खेल्नु अघि थाईल्याण्डमा दुई मैत्रिपुर्ण खेल खेल्नेछ । थाईल्याण्डमा १० दिन बिताएपछि नेपाली टोली एसियन गेम्सको लागि इन्डोनेसिया लाग्नेछ । नेपाली टिमका सहायक प्रशिक्षक बालगोपाल महर्जन नेपाली टिमको लक्ष्य दोस्रो चरण पुग्ने रहेको बताउछन् ।

‘हाम्रो लक्ष्य भनेको दोस्रो चरणमा पुग्ने हो । यसअघि नेपाली टिमको सधै कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै वाहिरिदै आएको छ । त्यसैले हामीले कडा मिहेनत गर्दै दोस्रो चरण पुग्ने लक्ष्य राखेका छौ ।’ उनी भन्छन् ।

एन्फाको नेतृत्व परिवर्तनसंगै राष्ट्रिय टिम हेर्न फर्किएका महर्जन खेलाडीको मेहनत र उत्साहले नेपाली फुटबल टिमले उच्च प्रर्दशन गर्ने अपेक्षा गरे । ‘खेलाडीको मनोबल उच्च छ, तर भने जस्तो सजिलो छैन । एसियाली गेम्समा विश्वकप खेल्ने खेलाडीसंग खेल्नुपर्ने हुन्छ । हामी राम्रो खेल्दै अघिल्लो चरण पुग्ने सक्दो प्रयास गर्नेछौ ।’

एसियाली खेलको ड्र अनुसार नेपाल समेत कठिन समूहमा परेको छ । नेपाल रहेको समूहमा जापानसंगै  दक्षिण एसियाली राष्ट्र पाकिस्तान र भियतनाम रहेका छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

Bajaj Pulsar Motorcycle Ad
बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग