काठमाडौं । नेपाल पहिलो संस्करणको दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा आइतबार श्रीलंकासँग ५६–१६ ले पराजित भएपनि नेपाल सेमिफाइनलमा पुगेको हो ।
आइतबार भएको अर्को खेलमा माल्दिभ्सले पाकिस्तानलाई ३६–१० ले हराएपछि नेपालले सेमिफाइनल प्रवेश गरेको हो । पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपाल सेमिफाइनल पुगेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ ।
आयोजक नेपालसँगै श्रीलंका, भारत र माल्दिभ्सले सेमिफाइनलमा स्थान बनाएका छन् ।
अब नेपालले सेमिफाइनलमा श्रीलंकासँग खेल्नेछ । यस्तै भारत र माल्दिभ्सबीच अर्को सेमिफाइनल खेल हुनेछ । दुवै सेमिफाइनल आइतबार नै हुनेछ ।