काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको नेशनल कन्फरेन्स अन एक्ससइज, स्पोट्र्स एन्ड फरफरमेन्स साइकोलोजी कार्यक्रम सम्पन्न भएको छ ।
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गरेर खेलाडीलाई मनोवैज्ञानिक रुपमा जितको आधार बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम शनिबार सकिएको हो । दुई दिने कार्यक्रम नेपाल ओलम्पिक कमिटीको भवन सातदोबाटोमा भएको थियो ।
कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापक गरी १ सय जनाको सहभागीता रहेको छ ।
कार्यक्रमलाई एसिया साउथ प्यासिफिक एसोसिएसन फर स्पोर्टस साइकोलोजी, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि भिजिनरी इन्टरनेशनले सहयोग गरेका थिए ।
कार्यक्रममा एएसपीएएसपीका राष्ट्रिय प्रतिनिधि इन्द्र गुरुङ, एसिया प्यासिफ एसोसिएसन फर स्पोट्र्स साइकोलोजीका अध्यक्ष डा योङहो किम, ताइवानका पयाङ जिन, जापनका काओरी एराकी, थाइल्यान्डका नारुइपोभ भागिएटुरापात, राजेश्वरी श्रेष्ठ, विनिता अधिकार, प्रो. रामकृष्ण महर्जनले सहजीकरण गरेका थिए ।