काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको विशेष तयारीका लागि नेपाली भारोत्तोलन टोली कोरियो जाने भएका छन् ।
नेपाली टिम शनिबार कोरिया जाने छन् । नेपाली टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले विदाई गरेका छन् ।
कोरियन भारोत्तोलन महासंघको निमन्त्राणमा भारोत्तोलोलन टोली दोस्रो पटक प्रशिक्षणमा जान लागेको हो । नेपाली टोलीले कोरियाको नेश्नल ट्रेनिङ्ग सेन्टर चिनचोङमा खेलाडीले विशेष प्रशिक्षण लिने छन् ।
सहभागी खेलाडीहरुमा ५५ केजीकी सन्जु चौधरी, ६४ केजीकी देवी कुमारी चौधरी, ७६ केजीकी तारा देवी पुन, ८१ केजीकी लक्ष्मी वन विष्ट रहेका छन् । त्यसैगरी पुरुषतर्फ ७३ केजीाका कमल बहादुर अधिकारी, ८१ केजीका विकास थापा, ९६ केजी किा विशाल सिं विष्ट, १०९ केजीतर्फ सागर भण्डारी रहेका छन् ।
सो प्रशिक्षण कार्यक्रममा दुई कोचको समेत सहभागीता रहेको छ । जसमा वरिष्ठ मुख्य प्रशिक्षक राम पौडेल र वरिष्ठ प्रशिक्षक विकास शाक्यले खेलाडीको टोलीसँगै कोरियामा प्रशिक्षणका लागि जाँदैछन् ।