काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा नेशनल कन्फरेन्स अन एक्ससइज, स्पोट्र्स एन्ड फरफरमेन्स साइकोलोजी कार्यक्रम शुक्रबारबाट शुरु भएको छ ।
मनोवैज्ञानिक रुपमा जितको आधार बनाउने उद्देश्यले १३ औं दक्षिण एसियाली खेलकुदलाई लक्ष्य गरेर कार्यक्रमको आयोजना गरिएको हो ।
दुई दिने कार्यक्रम नेपाल ओलम्पिक कमिटीको भवन सातदोबाटोमा शुरु भएको हो । कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा टिम म्यानेजरी गरी १ सय जनाको सहभागीता रहेको छ ।
कार्यक्रमलाई एसिया साउथ प्यासिफिक एसोसिएसन फर स्पोर्टस साइकोलोजी, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिी भिजिनरी इन्टरनेशनले सहयोग गरेका थिए । कार्यक्रममा एएसपीएएसपीका राष्ट्रिय प्रतिनिधि इन्द्र गुरुङ, एसिया प्यासिफ एसोसिएसन फर स्पोट्र्स साइकोलोजीका अध्यक्ष डा योङहो किम, ताइवानका पयाङ जिन, जापनका काओरी एराकी, थाइल्यान्डका नारुइपोभ भागिएटुरापात, राजेश्वरी श्रेष्ठ, विनिता अधिकार, प्रो. रामकृष्ण महर्जनले सहजीकरण गरेका थिए ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले १३ औं साग हुँदैन भन्ने कुरा दिमागबाट हटाइदिन आग्रह गरे । उनले १३ औं साग हुँदैन कि भन्ने दुविधालाई दिमागबाट हटाउन अनुरोध गरे । उनले खेलाडी मनोविज्ञानरुपमा पनि तयार हुनुपर्ने बताए ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३ औं सागका लागि भौतिक पुर्वाधार देखि मनोवैज्ञानिक रुपमा खेलाडीलाई समेत तयार गरिरहेको बताए । उनले खेलाडीलाई प्रयाप्त प्रशिक्षणको व्यवस्था भएको समेत बताए । नेपाल जस्तो देशले लामो समय बन्द प्रशिक्षणमा राख्न गर्वको विषय भएको समेत बताए ।