काठमाडौं । पहिलो संस्करणको साउथ एसियन यू–१६ नेटबल च्याम्पियनसिपमा नेपालले मिश्रित नतिजा निकालेको छ ।
ललितपुरको लगनखेलस्थित आर्मी कर्भडहलमा शुक्रबार सुरु प्रतियोगिताको पहिलो दिन नेपालले एक जित र एक हारको नतिजा आत्मसाथ गरेको हो ।
पहिलो खेलमा पाकिस्तानलाई हराएको नेपाल दोस्रो खेलमा माल्दिभ्ससंग पराजित बनेको थियो ।
पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ३८–१३ को जित निकालेको यिो । नेपालकालागि जश्वी निरौलाले १३ र रेजिना सुनुवारले ११ अंकको योगदान गरेका थिए ।
यस्तै, माल्दिभ्ससँगको दोस्रो खेलमा आयोजक नेपालले ३५–२७ ले पराजित हुन पुग्यो । माल्दिभ्सकालागि अमिनाज एमीले २४ अंकको योगदान दिईन् ।
अर्को खेलमा भारतले माल्दिभ्सलाई ४१–२१ ले पाखा लगाएको हो । भारतकालागि अन्जली कुमारीले २८ अंक दिलाईन् ।
त्यस्तै अर्को खेलमा श्रीलंकाले भारतविरुद्ध ४०–२४ को जित निकाल्यो । श्रीलङ्कालागि टिएच हिरुनीले २५ अंक जोडेकी थिईन् ।