एजेन्सी । जापान यतिबेला ६० वर्ष यताको सबैभन्दा शक्तिशाली समुन्द्री आँधी 'हगिविस' बाट प्रभावित बनेको छ । जसको कारण जापानमा जारी रग्बी विश्वकप समेत प्रभावित बनेको छ ।
शक्तिशाली आँधीको कारण रग्बी विश्वकप अन्तर्गतका केहि खेलहरु रोकिएको छ । यसै क्रममा आइतबार तय भएको क्यानडा र नामिबियाबीचको खेल समेत स्थगित भएको छ ।
खेल स्थगित भएपछि फुर्सदिला बनेका क्यानाडाको रग्बी टिम भने सामाजिक कार्यमा खटिएको छ । खेल स्थगित भएपछि क्यानडाको टिम आँधीले भत्किएको पूर्वाधारको पुननिर्माण, उद्दार तथा सरसफाईमा जुटेका थिए ।
क्यानडेली टिम जापानिज नागरिकसँगै पुननिर्माण र सरसफाईमा खटिएका हुन् । सामाजिक कार्यमा जुटेपछि अहिले क्यानेडियन रग्बी टिमको चौतर्फी प्रसंशा भईरहेको छ ।
हगिविस आँधीमा परेको कम्तिमा १८ जनाको मृत्यु भईसकेको छ ।