काठमाडौं । ओमानस्थित नेपाली राजदुतावासले नेपाली राष्ट्रिय क्रिकेट टिमको सम्मानमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
पाँच देशीय टी–ट्वान्टी सिरिज खेल्न ओमान पुगेको क्रिकेट टिमको सम्मानमा राजदुतावासले नेपाल ओमान क्रिकेट साँझ कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै ओमानका लागि नेपालकी राजदुत सर्मिला पराजुलीले नेपाली क्रिकेटरको मेहनतको प्रशंसा गर्दै नेपाललाई विश्वसामु चिनाउन क्रिकेटर खेलेको भुमिकाको प्रशंसा गरेकी थिईन् ।
नेपाली क्रिकेटले पछिल्लो समय प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै राजदुत पराजुलीले एसोसियट राष्ट्रको रुपमा रहेका ओमान र नेपाली क्रिकेटको उज्जवल भविष्यको कामना गरेकी थिईन् ।
ओमान खेलकुद मन्त्रालयका सचिव रसद अहमद मोहम्मद आमिर अल हिनाईले ओमान र नेपाली क्रिकेट खेलमा सहकार्यको प्रशंसा गर्दै आगामी दिनमा सहकार्यलाई बढाउँदै लैजाने प्रतिबद्वता जनाएका थिए ।
कार्यक्रममा कप्तान पारस खड्काले एसोसियट राष्ट्रले अझै मेहनतका साथ आफ्नो क्षमताको प्रर्दशन गर्नुपर्ने आवश्यकता रहेको बताउँर्दै कार्यक्रमका लागि ओमानस्थित नेपाली दुतावासलाई धन्यवाद दिएका थिए ।
नेपाली टिम पाँच देशीय टी–ट्वान्टी सिरिज खेल्न ओमान गएको थियो ।
नेपाल तेस्रो स्थानमा रहदै सिरिजको अन्त्य गरेको थियो ।
पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्डलाई पराजित गरेको नेपाल आयरल्याण्ड र ओमानसंग पराजित भएको थियो ।
सिरिज सकेर नेपाली टिम शुक्रबार बिहान स्वदेश फर्किएको छ ।