काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नेपाली खेलकुदका दुई स्टार खेलाडीलाई ब्राण्ड एम्बासडर बनाएको छ । सेञ्चुरीले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय भलिवल टिमकी स्टार प्रतिभा मालीलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो ।
खेल क्षेत्रसंग सम्बन्ध जोड्दै आफ्नो सेवाको विकास र विस्तार गर्न नेपाली खेलकुदका दुई चर्चित व्यक्तित्वलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
खेलाडीको नियुक्तले बैंकको लोकप्रियता तथा व्यवसायीकता अभिवृद्धि हुने बैंकले जनाएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेपनि रकमको बिषयमा खुलाउन चाहेनन् ।
बैंकका डेपुटी सीईयो जिवन भट्टराईले खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले सेन्चुरीले नेपाली खेल क्षेत्रका दुई प्रशिद्ध खेलाडीलाई ब्राण्ड एम्बासडर बनाएको बताए ।
कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले खेललाई व्यवस्थित बनाउन कर्पोरेट क्षेत्रले खेलकुदमा लगानी गर्नुपर्ने धारणा राखे ।
भलिवलकी मालीले ब्राण्ड एम्बासडरको रुपमा आफुलाई नियुक्त गरेकोमा धन्यवाद दिदै यसले आउदो पुस्तालाई सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।