मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

एभिसी सेन्ट्रल जोन – सुधारिएको व्यवस्थापन

सोमबार, भदौ ९, २०७६गिता राई
एभिसी सेन्ट्रल जोन – सुधारिएको व्यवस्थापन
Classic Tech Internet Ad

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ संस्करणको एसियन कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन मेन्स भलिबल प्रतियोगिताको उपाधि कीर्गीस्तानले जित्यो ।

नेपाल भलिबल संघको आयोजनामा साउन ३२ देखि भदौ ८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, कीर्गीस्तान, तुर्केमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोली सहभागी थिए ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रतियोगितामा दर्शकलाई निशुल्क हेर्ने व्यवस्था मिलाइएको थियो ।

उद्घाटन खेलमा घरेलु टिम नेपालले किर्गीस्तानसंग खेलेको थियो । सो खेल हेर्न उल्लेख्य समर्थक कर्भडहलसम्म पुगेका थिए । दर्शकलाई ठाउँ भेट्नै हम्मेहम्मे परेको थियो ।

एकहिसाबले आर्मीको कभर्डहल दर्शकले भरिए । खेल नेपालले हार्न पुग्यो तर प्रतियोगिता अवधिभर समर्थकले नेपाली टिमलाई साथ दिईरहे । हौसला बढाईरहे । तर, नतिजा नेपालका लागि निराशाजनक रह्यो । समूह चरणका दुवै खेल हार्दै नेपाली टिम प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

नतिजाको हिसाबमा खल्लो देखिएपनि नेपाल भलिबल संघले व्यवस्थापनमा सुधार गर्न सफल रह्यो । पहिलो पटक नेपालमा आयोजना भएको प्रतियोगिता भव्यताको साथ सम्पन्न भयो ।

प्रतियोगितामा सहभागी हुन विदेशबाट आएका सबैले व्यवस्थापन राम्रो भएको प्रतिक्रिया दिए । भलिबल संघले समेत सबै क्षमता प्रयोग गरेर प्रतियोगितालाई सफल बनाउने कोशिश गर्यो ।

एभीसी सेन्ट्रल जोनमा टेक्निकल कमिटिका सदस्य रहेका न्यु डाइमण्ड एकेडेमीका प्रशिक्षक कुमार राईका अनुसार संघले धेरै राम्रो प्रतियोगिताको आयोजना गरेको बताउँछन् ।

‘भलिबल संघले धेरै राम्रो आयोजना गरेको छ । आफुले गर्नसक्ने जति सबै गरेको छ । र, संघलाई धन्यवाद भन्न चाहन्छु ।’ प्रशिक्षक राईले भने ।

प्रतियोगिता आयोजनामा अतिथिको सत्कार र खेल व्यवस्थापनको पक्ष तारिफ योग्य देखियो । उद्घाटन शत्रको दिनलाई छाडेर संघका पदाधिकारी तथा व्यवस्थापन कम्पनीले प्रतियोगिताको राम्रो व्यवस्थापन गरे । विदेशबाट आएका पाहुना, अतिथी, दर्शक र खेलाडीलाई गर्ने व्यवहार निकै प्रशंसनिय थियो ।

नेपालमा पहिलो पटक आयोजना भएको एभीसी सेन्ट्रल जोनको तयारी र व्यवस्थापन देखेर विदेशी पाहुना पनि मख्ख थिए ।
तर केही घटना खल्लो देखिए ।

सुरुवाती दिनको व्यवस्थापन निकै फितलो देखिएको थियो । पहिलो दिनमा घरेलु टोलीको खेलमा दर्शकहरु थामिनसक्नु थिए । क्षमता भन्दा बढी दर्शकलाई कभर्डहलमा प्रवेश गराईएको थियो । जसले सूरुको दिनमा व्यवस्थापनको पाटोलाई कुरुप बनाएको थियो ।

दर्शकदिर्घाका लागि कम क्षेत्र दिदाँ दर्शकहरु भेटिएका सबै ठाउँमा पसेर खेल हेर्न भ्याए । कोहीले उभिएरै प्रतियोगिताको आनन्द लिए, केही भुइँमै बसे ।

कर्भडहलको ढोकादेखि लिएर भित्र हलसम्म दर्शक पेलिएरै खेल हेर्न बाध्य भए ।

यतिमात्र हैन, मिडिया क्षेत्र, भीआईपी क्षेत्र भनेर छुट्याइएको ठाउँ पनि दर्शकले कब्जा गरेका थिए । पहिलो दिनमा आयोजक र व्यवस्थापन चुकेको दिखियो ।

कर्भडहलको क्षमता अनुसार दर्शकलाई पास उपलब्ध गराएको भए व्यवस्थापन चुस्त देखिने थियो । त्रिपुरेश्वरको कभर्डहललाई तयार गरेर टिकट शुल्कनै उठाउन सके संघलाई समेत आर्थिक रुपमा केही राहत मिल्ने थियो ।

खेल चल्दै गर्दा कभर्डहललमा कुकुर समेत पस्न पुगेको थियो ।

एकछेउमा बसेका बंगलादेश कमिटीका सदस्यले भनिरहेका थिए, ‘वो देखो कुत्ता ! वो तो अन्दर ही आ गया । देखो फोटो लेलो और न्युजपेपरमे डाल्दो ।’

यो अलि लाजमर्दो बिषय बनेको थियो ।  साना कुराले व्यवस्थापन सुन्दर देखिन्छ । तीनै साना कुरा बिग्रदा फितलो ।

फितलो देखिएका तीनै साना कुरामा ध्यान दिन सके नेपालले आयोजना गर्ने अन्तराष्ट्रिय खेल स्पर्धाहरु अझ उत्कृष्ट बन्न सक्ने देखिएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल फाइनलमा

नेपाल फाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

Bajaj Pulsar Motorcycle Ad
एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन