काठमाडौं । एन्फाका कार्यवहाक अध्यक्ष उपेन्द्रमान सिंहले फुटबल खेल्ने रंगशालाकालागि पहल गरिदिन उपराष्ट्रपति नन्दबहादुर पुनसंग आग्रह गरेका छन् ।
फुटबलर्स मिसन टुगेदरले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै कार्यवहाक अध्यक्ष सिंहले अन्तराष्ट्रिय स्तरको रंगशाला नहुदाँ नेपाली फुटबल पछाडी परेको बताए ।
अन्तराष्ट्रिस्तरको फुटबलमा नेपालबाट सहभागिता जनाएका खेलाडीको साझा मञ्च बनाउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा सिंहले कार्यवहाक अध्यक्षको हैसियतमा मनत्व्य राखेका थिए ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा बैदेशिक भ्रमणमा रहेकाले एन्फाको कार्यवहाकको जिम्मेवारी उनले समाल्दै आएका छन् ।
‘अन्तराष्ट्रिय स्तरको फुटबल खेल्ने रंगशालाका निर्माणकोलागि पहल गरिदिनुप¥यो ।’ उनले भने, ‘रंशगाला बनाए मात्र नेपाली फुटबलका गतिविधि अघि बढ्छ ।’
रंगशाला नबन्दा फुटबल गतिविधि अघि बढाउन नसकिएको उनको भनाई थियो । कार्यक्रममा उपराष्ट्रपति पुनले फुटबल विकासकालागि रंगशाला निर्माण आवश्यक रहेको भन्दै त्यसमा सरकारले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा अन्तराष्ट्रिय फुटबलमा नेपालबाट प्रतिनिधित्व गरेका खेलाडीको सहभागिता रहेको थियो । आयोजकले वर्तमान राष्ट्रिय फुटबल टिमका सदस्यलाई सम्मान गर्दै दिवंगत फुटबलका अन्तराष्ट्रिय खेलाडी, रेफ्री र प्रशिक्षकलाई श्रद्धाञ्जली अर्पण गरेको थियो ।