एजेन्सी । फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पे रुस विश्वकपको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । १९ बर्षे एमबाप्पे फाइनलमा एक गोल गरेका थिए ।
फ्रेन्च क्लब पिएसजीका युवा स्टार एमबाप्पेले यो विश्वकपको ७ खेलमा ४ गोल गरेका थिए । एमबाप्पे विश्वकपको फाइनलमा गोल गर्ने पेलेपछिका दोस्रो युवा खेलाडी हुन् ।