एजेन्सी । रुस विश्वकप फुटबलमा इङ्ल्याण्डका कप्तान ह्यारी केन सर्वाधिक गोलकर्ता बनेका छन् । र, केनले गोल्डेन बुटको उपाधि प्राप्त गरेका छन् ।
इङ्लिस क्लब टोटनह्यामका स्ट्राईकर समेत रहेका केनले विश्वको उत्कृष्ट स्ट्राईकरको रुपमा गोल्डेन बुट हात पारेका हुन् ।
उनले रुस विश्वकपमा ६ गोल गरेका थिए । गोल्डेन बुट जित्ने क्रममा उनले बेल्जियमका रोमेलु लुकाकु र फ्रान्सका केलियन एमबाप्पेलाई पछाडी पारे ।
विश्वकपको ६ खेलमा उनले ६ गोल गरेका हुन् । केनले समूह चरणमा पानामाविरुद्ध ह्याट्रिक गरेका थिए ।
बेल्जियमका लुकाकुले ६ खेलमा ४ गोल गरेका थिए । फ्रान्सका एन्टोनी ग्रिजम्यानले ७ खेलमा ४ गोल गरे ।
फ्रान्सका युवा स्टार एम्बाप्पेसमेत ७ खेलमा ४ गोल गरेका थिए । उनले विश्वकपको फाईनलमा समेत गोल गरे ।