एजेन्सी । क्रोएसियाले विश्वकपको फाईनल खेल्दैछ । तपाईलाई अचम्म लाग्न सक्छ, विश्वकपको फाईनल खेल्न लागेको क्रोएसिया एक समय फिफा वरियतामा नेपाल भन्दा मात्र दुई स्थान माथि थियो ।
सन् १९९१ जुन २५ मा युगोस्लाभियाबाट अलग हुने घोषणा क्रोएसियाले गरेको थियो । लगत्तै उसले आफुलाई स्वतन्त्र राष्ट्रको रुपमा उभ्याउदै आएको छ । त्यसको अर्को बर्ष क्रोएसियाले विश्व फुटबल महासंघ फिफाबाट सदस्य राष्ट्रको मान्यता पाएको थियो ।
क्रोएसियाले फिफाको सदस्य पाएको दुई बर्षपछि अर्थात सन् १९९४ मार्च महिनामा फिफाले सदस्य राष्ट्रको वरियता सार्वजनिक गरेको थियो । जसमा क्रोएसिया फिफा वरियताको १ सय २५ औ स्थानमा थियो ।
संयोग, क्रोएसिया फिफा वरियताको १ सय २५ औ स्थानमा रहदा नेपाल त्यसको दुई स्थान तल रहेको थियो । नेपाल वरियताको १ सय २७ औ स्थानमा थियो । नेपालले सन् १९७२ मा फिफाको सदस्य राष्ट्रको मान्यता पाएको थियो ।

समय फेरिएको छ, आर्थिक समृद्धिसंगै फुटबलमा उल्लेख्य विकास गरेको क्रोएसियाले विश्वकपमा ५ पटक सहभागिता जनाईसकेको छ । विश्वकपको फाईनल खेल्न लागेको क्रोएसिया अहिले फिफा वरियताको २० औ स्थानमा छ ।
तर, नेपाल निरन्तर ओरालो लाग्दै वरियताको १ सय ६१ औ स्थानमा पुगेको छ । सन् १९८५ देखि विश्वकप छनोट खेल्दै आएको नेपालले अहिलेसम्म ७ पटक छनोट खेलिसकेको छ । तर, नेपाल छनोटको दोस्रो चरण पुग्न सकेको छैन । त्यतिमात्र हैन नेपालले दक्षिण एसियाली क्षेत्रको साफ च्याम्पियन समेत बन्न सकेको छैन ।
क्लिक गरेर हेर्नुस नेपाल र क्रोएसियाको समान वरियता - सन् १९९४ को फिफा वरियता