एजेन्सी । इङ्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा क्रोएसियाले इंङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै फ्रान्ससँगको उपाधि भिडन्त पक्का गरेको हो ।
खेल शुरु भएको पाँचौ मिनेटमा केरियन ट्रिपरले फ्रि कीक मार्फत उत्कृष्ट गोल गर्दै इङल्याण्ड्लाई अग्रता दिलाएका थिए । खेलको ६८ औं मिनेटमा इभान पेर्सीले उत्कृष्ट गोल गर्दै क्रोएशियालाई बराबरीमा ल्याएका थिए ।
अतिरिक्त समयमा मारियो मान्जुकिजले क्रोएशियाकालागि निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए ।
क्रोएसियाले उपाधिकालागि फ्रान्ससंग प्रतिस्पर्धा गर्नेछ । बेल्जियमलाई पराजित गर्दै फ्रान्स यसअघिनै फाईनल पुगिसकेको छ । फाईनल खेल आईतबार हुनेछ ।