काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई जितका लागि २९१ रनको फराकिलो लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९० रन बनायो ।
आर्मीको फराकिलो स्कोरमा राजु रिजाल, हरिकृष्ण झा र रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले । ओपनर राजुले ६६ रनको योगदान दिदा रोहितले ५६ रन बनाए । यस्तै हरिकृष्णले ५२ रन जोडे ।
त्यस्तै आर्मीका लागि करण केसीले २८ तथा साहब आलम र लोकेन्द्र चन्दले १६/१६ रन जोडे ।
कर्णाली प्रदेशका ललित प्याकुरेलले ५ विकेट लिए । यस्तै रबिन्द्र शाहीले २ विकेट लिए ।
आर्मी लगातार तेस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा आर्मीले प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
यस्तै दोस्रो खेलमा प्रदेश नम्बर १ लाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।