काठमाडौँ। सन्दीप श्रेष्ठको निर्णायक गोलसँगै महावीर क्लबले शहीद स्मारक ‘सी’ डिभिजनमा दोस्रो जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आइतबार सम्पन्न दिनको पहिलो खेलमा महावीरले स्पोर्ट्स एकेडेमी साँगालाई १-० गोल अन्तरले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा सन्दीपले गोल गरेका हुन्। उनले खेलको ६७औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।
जितसँगै ५ खेलबाट ८ अंक जोडेको महावीर पाँचौँ स्थानमा उक्लिएको छ। समान खेल खेलेको साँगा ९ अंकसहित चौथो स्थानमा छ।