काठमाडौँ। कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक पूरा गरेका छन्।
चौथो नम्बरमा ब्याटिङमा आएका उनले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाएका हुन्।
पहिलो खेलमा उनले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको कप्तानी इनिङ्स खेलेका थिए।