एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (आइतबार) दुई खेलहरु हुँदैछ ।
आईपीएलमा आइतबार नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादसंग प्रतिस्पर्धा गर्दैछ ।
हैदरावादस्थित राजिब गान्धी क्रिकेट मैदानमा हुने घरेलु टोली र दिल्लीबीचको खेल राति ८:१५ मा सुरु हुनेछ ।
सन्दीपको टिम दिल्ली हैदरावादविरुद्ध पाँचौ जितको खोजीमा रहने छन् । दिल्लीले ७ खेलमा ४ जित निकालेको छ । ८ अंक जोडेको दिल्ली चौंथो स्थानमा छ ।
हैदरावाद ६ खेलमा ३ जितसहित ६ अंक जोडेर लिगको छैटौं स्थानमा छ । दिल्लीलाई हराएर हैदरावाद अंक तालिका सुधार गर्न चाहन्छ ।
हैदरावादविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उतार्ने सम्भावना कम रहेको छ । किनकी सन्दीपको स्थान सफल किमो पाउलले राम्रो खेलिरहेका छन् । यस्तै पिचको कारण पनि सन्दीप पर्ने सम्भावना कम रहेको छ ।
सन्दीपले जारी सिजन ४ खेलमा ५ विकेट हात पार्न सफल भएका छन् ।
यस्तै आइतबार नै शीर्ष स्थानको चेन्नई सुपर किङ्स र दोस्रो स्थानको कोलकत्ता नाइट राइडर्सबीच खेल हुनेछ ।
कोलकत्तास्थित इडेन गार्डेनमा चेन्नई र कोलकत्ताबीचको खेल ४:१५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने छन् ।
कोलकत्ताको घरेलु मैदानमा चेन्नई शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चाहन्छ । चेन्नईले ७ खेलमा १२ अंक जोडेको छ ।
यता घरेलु मैदानमा कोलकत्ता चेन्नईलाई रोक्दै अंक दुरी कम गर्न चाहन्छ । कोलकत्ता ७ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा छ ।