काठमाडौँ। गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपमा जितविहीन रहेको कोशीलाई पराजित गरेको छ।
बुधबार सम्पन्न खेलमा गण्डकी ४ विकेटले विजयी भएको हो। कोशीले दिएको १५६ रनको लक्ष्य पछ्याएको गण्डकीले १ बल बाँकी रहँदा ६ विकेट गुमाएर १५९ रन बनायो।
गण्डकीका दिनेश बूढामगरले सर्वाधिक ३३ रन बनाए। २४ बल खेलेका उनले ५ चौका प्रहार गरे। ईश्वर क्षेत्री २५, अर्जुन कुमाल २४, दीपक डुम्रे १८ र अमृत गुरुङ १२ रनमा आउट हुँदा अर्जुन रायमाझी २३ र कप्तान विपिन खत्री १८ रनमा अविजित रहे।
कोशीका प्रकाश कार्कीले सर्वाधिक २ विकेट लिए। श्रवन यादव, दीपेश कँडेल, ज्ञानेन्द्र श्रेष्ठ र श्रवन किशुले १/१ विकेट लिए।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५५ रन बनायो।
कोशीका सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए। ३५ बल खेलेका उनले ६ चौका प्रहार गरे। ओपनर मिनाश थापा ४३, कप्तान अंकति सुवेदी ३२ र दीपेश कँडेल १० रनमा आउट हुँदा श्रवन यादव २१ र समीर कार्की २ रनमा अविजित रहे।
गण्डकीका सुवास भण्डारीले सर्वाधिक ३ विकेट लिए। विपिन खत्री र अमृत गुरुङको नाममा १/१ विकेट रह्यो।
जितसँगै गण्डकीले ६ खेलबाट ४ अंक जोडेको छ।