काठमाडौँ। कप्तान ऋतुराज गायकवाडको शतकसँगै साविक विजेता चेन्नई सुपर किंग्सले २११ लखनउ सुपर जायन्ट्सलाई रनको लक्ष्य दिएको छ।
एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनायो।
चेन्नईका गायकवाडले अविजित रहँदै सर्वाधिक १०८ रन बनाए। ६० बल खेलेका उनले १२ चौका र ३ छक्का प्रहार गरे।
शिवम दुबे ६६, रविन्द्र जडेजा १७ र डेरिल मिचेल ११ रनमा आउट हुँदा महेन्द्रसिंह धोनी ४ रनमा अविजित रहे।
लखनउका म्याट हेनरी, मोहसिन खान र यश ठाकुरले १/१ विकेट लिए।