काठमाडौँ। उपाधि जितिसकेको अल हिलालले साउदी प्रो लिगमा अल तावौनलाई पराजित गरेको छ। किंग्स अब्दुल्ला स्टेडियममा शुक्रबार सम्पन्न खेलमा हिलाल ३-० गोलले विजयी भएको हो।
जितसँगै शीर्ष स्थानमा रहेको हिलालले २९ खेलबाट ८३ अंक जोडेको छ। हिलाल लिगमा अपराजित एक्लो टोली हो।चौथो स्थानको तावौन ३० खेलबाट ५१ अंकसहित चौथो स्थानमा छ।
खेलको ४०औँ मिनेटमा अलेक्जेन्डर मित्रोभिचले हिलालाई अग्रता दिलाएका थिए। उनले माइकलको पासमा गोल गरेका थिए। ७०औँ मिनेछमा साउद अब्दुलहमिद
सर्गेज मिलिन्कोविकको पासमा गोल गर्दै साउद अब्दुलहमिदले अग्रता दोब्बर बनाए।
दोस्रो हाफको इन्ज्युरी समयको सातौँ मिनेटमा सालेह अल शेहरीले गोल गर्दै हिलाललाई ३-० को जित दिलाए। उनले माइकलको पासमा गोल गरे।