काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले एसीसी प्रिमियर कपमा हङकङविरुद्ध खेलमा एक परिवर्तन गरेका छन्।
अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेको छ।
देसाईंले आजको खेलमा विवेककुमार यादवलाई विश्राम दिएका छन्। उनको स्थानमा करण केसीले टोलीमा पूनरागमन गरेका छन्।