काठमाडौँ। आयरल्यान्ड वुल्भ्सले दुवै ओपनर गुमाएको छ।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याइरहेको आयरल्यान्डले स्टीफन डोहेनीलाई २६ रनमा गुमायो। १३ बलमा ४ चौका र १ छक्का प्रहार गरेका उनी सोमपाल कामीको बलमा रोहितकुमार पौडेलबाट क्याच आउट भए।
छैटौँ ओभरको दोस्रो बलमा अर्का ओपनर रोस अडायर १९ बलमा ३ चौकासहित १७ रन बनाउँदै पेभिलियन फर्किए।
उनको विकेट कुशल मल्लले लिएका हुन्। उनलाई गुल्शनकुमार झाले क्याच आउट गरेका थिए।