काठमाडौँ। नेपालले दुवै ओपनर गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले तेस्रो ओभरको पाँचौँ बलमा पहिलो विकेट गुमाएको थियो।
नेपालका ओपनर आसिफ शेख ९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रनमा आउट भए।
उनी म्याथ्यु फोस्टरको बलमा स्टेफन डोहेनीबाट क्याच आउट भएका हुन्।
पाँचौँ ओभरको तेस्रो बलमा कुशल भुर्तेल पनि फोस्टरको बलमा स्टेफनबाट क्याच आउट भए।
कुशलले १६ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाए।