काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरूका स्टार ब्याट्सम्यान विराट कोहलीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा ६५० चौका पूरा गरेका छन्।
सोमबार राति सम्पन्न खेलमा पञ्जाब किंग्सविरुद्ध ७ चौका प्रहार गर्दै उनले यो कीर्तिमान आफ्नो नाममा बनाएका हुन्। उक्त खेलमा उनले ४९ बलमा ११ चौका र २ छक्कासहित ७७ रनको इनिङ्स खेलेका थिए।
कोहलीले आईपीएलमा अहिलेसम्म २३८ खेल खेलिसकेका छन्। जसमा उनले ७ शतक र ५० अर्धशतकको सहयोगमा ७ हजार २८४ रन बनाएका छन्।
शुक्रबार चेन्नई सुपर किंग्सविरुद्धको उद्घाटन खेलमा कोहलीले एक छक्काको मद्दतमा २१ रन बनाएका थिए। यस खेलमा चेन्नई ६ विकेटले विजयी भएको थियो।