काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ विरुद्ध अन्तिम दुई ओभरमा आकाश चन्द र दीपेन्द्रसिंह ऐरी महँगो सावित भएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले १८ ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै ११९ रन बनाएको थियो। तर, १९ र २०औँ ओभरमा आकाश र दीपेन्द्र महँगो सावित भए। उनीहरूले १२ बलमा ४१ रन खर्चिए।
आकाशले १९औँ ओभरमा २ छक्का र १ चौकासहित १९ रन खर्चिए। यस्तै, दीपेन्द्रले ३ छक्कासहित २२ रन खर्चिए।
वेस्ट इन्डिजका गुडाकेश मोतीले आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रन बनाए। उनी अविजित रहे। म्याथ्यू फोर्डे ११ रनमा अविजित रहे। योसँगै वेस्ट इन्डिजले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ।
आकाशले ३ ओभरमा ३९ रन खर्चिए। उनी विकेटविहीन भए। दीपेन्द्रले समान ओभर बलिङ गर्दै ३९ रन दिँदै १ विकेट लिए।