काठमाडौं । इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले प्रदेश नम्बर-१ र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा भईरहेको छ ।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा प्रदेश-१ ले सुदुरलाई जितका लागि १ सय २ रनको लक्ष्य दिएको छ ।
पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनायो ।
प्रदेश-१ का लागि काजल श्रेष्ठले अविजित ४८ रन जोडिन ।
यस्तै अप्सरी बेगमले १५ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १४ रन जोडिन ।
सुदुरकी मनिषा चौधरीले २ तथा ऋतु कोनुजियाले १ विकेट लिईन् ।
आज दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रिएका छन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउनेछन् ।