काठमाडौं । गगन राज क्षेत्री स्मृति टी-१० क्रिकेट कप प्रतियोगिता आयोजना हुने भएको छ ।
तिलोत्तमास्थित नव जीवन प्ले ग्राउण्डमा आयोजना हुने प्रतियोगिता फागुन १६ गतेबाट सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार पाउने छन् ।
प्लेयर अफ द टुर्नामेन्टले ८ हजार प्राप्त गर्दा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले जनही ५ हजार पाउने छन् ।
प्रतियोगितामा सहभागिता जनाउन फागुन १० गतेसम्म टिम दर्ता गर्नु पर्नेछ ।