काठमाडौं । कविता कुँवर र कप्तान बिन्दु रावलले ९४ बलमा १ सय २८ रनको किर्तिमानी ओपनिङ साझेदारी गरे पश्चात सुदुरपश्चिम प्रदेशले मधेश प्रदेशलाई १ सय ८१ रनको लक्ष्य दिएको छ ।
कविता कुँवर ५४ बलमा ७० रन बनाउँदै भुमी सिंहको बलमा सरस्वती चौधरीले क्याच आउट गरिन् ।
नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा यो प्रतियोगिता सुनसरीको इटहरीमा जारी रहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाईनलका खेल जारी रहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा २ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।
सुदुरपश्चिमका लागि कविता कुँवर र बिन्दु रावलले अर्धशतक बनाए । कुँवरले ५४ बलमा १२ चौका तथा १ छक्का प्रहार गर्दा ७० तथा कप्तान बिन्दु रावलले ५२ बलमा अविजित ६० रन बनाईन् ।
कविता जोशी १५ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाएर आउट भईन् ।
मधेशका लागि भुमि सिंह र साना प्रविनले समान एक एक विकेट लिए ।
आजको यस खेलमा जित निकालेर दुवै टोली फाईनलमा प्रवेश गर्न चाहान्छन् । सुदुरपश्चिम समूह 'ए' को बिजेता हो भने मधेश समूह 'बी' को उपबिजेता हो ।
यो खेलको बिजेताले दोस्रो सेमिफाईनलको बिजेतासँग उपाधीका लागि शनिबार खेल्नेछ ।
आज नै हुने दोस्रो सेमिफाईनलमा प्रदेश १ र नेपाल एपीएफ क्लबका बीचमा खेल हुदैछ । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।
प्रदेश १ समूह 'बी' को बिजेता बन्दै सेमिफाईनलमा पुगेको हो । एपीएफ भने समूह 'ए' को उपबिजेता हो ।
दुवै खेल जनता क्रिकेट पार्क क्रिकेट मैदान ईटहरीमा हुनेछ । प्रतियोगिताको फाईनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउनेछन् ।
पुस २९ बाट सुरु हुने यस प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ ।
प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय टोलीको सहभागीता रहेको थियो । यस प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गराईएको थियो ।
दुई समूहका विजेता र उपविजेता सेमिफाईनल प्रवेश गरेका हुन् ।