काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि ५ प्रशिक्षकको अन्तरवार्ता लिएको छ ।
क्यानको मुख्य प्रशिक्षक छनोट समितिले बुधबार अन्तिम चरणमा छनोट भएका ५ जनाको अन्तरवार्ता लिइएको जनाएको छ ।
क्यानले पाँच प्रशिक्षकको नाम भने सार्वजनिक गरेको छैन ।
मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका थिए ।
मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको छ ।
क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो । तर, सम्झौता अघि नै प्रभाकरले पद छाडेका हुन्।