साग विशेष : मधेशले थेगेको कुस्ती
नेपालमा भने विशेष गरी पुर्वी तराईका जिल्लामा कुस्ती प्रख्यात छ । सोही कारण तराईका खेलाडीको कुस्तीमा दबदबा छ ।
By गिता राईमंगलबार, मंसिर ३, २०७६
नेपालमा भने विशेष गरी पुर्वी तराईका जिल्लामा कुस्ती प्रख्यात छ । सोही कारण तराईका खेलाडीको कुस्तीमा दबदबा छ ।
प्रदेश नम्बर २ ले ५७ केजी, ६१ केजी, ६५ केजी, ७९ केजी, ९२ केजी र १२५ केजीमा स्वर्ण हात पारेको हो ।
कपिलबस्तुको जितपुरस्थित सिद्धार्थ कलेको कभर्डहलमा शुक्रबार पुरुष ५० केजी ताैल समूह प्रदेश २ का नरेश यादबले स्वर्ण पदक जिते ।
यस समूहमा सेनाकी लक्ष्मी तामाङ्खले रजत र प्रदेश ५ की सविता श्रेष्ठले कास्य पाईन् ।
जित हात पार्दै अर्को चरण प्रवेश गर्ने क्रममा पुरुष ५७ केजी तौलमा सेनाका तीलक बहादुर देउजाले प्रदेश ५ का शिब कुमार यादवलाई पराजित गरे ।
इन्डोनेसियाको जाकर्तामा हुने कुस्तीमा नेपालबाट भागवती शाहले फ्रीस्टाइलतर्फ ५७ केजी, सरोज यादबले ६५ केजी र सुरेश चुनाराले ७४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।