नेपालगंज । विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बाँकेकाे खजुरास्थित भलिबल कोर्टमा जारी प्रतियोगितामा पुलिसले समूह 'ख' को विजेता र एपीएफले उपविजेताको रुपमा अन्तिम चारको यात्रा तय गरेको हो ।
आइतबार भएको खेलमा पुलिसले प्रदेश १ लाई ४-१ को सेटमा पराजित गर्यो । पुलिसले प्रदेश १ माथि २५-१३, २५-२०, १७-२५ र २७-२५ काे सेटमा पाखा लगायो ।
अर्को खेलमा प्रदेश ३ ले प्रदेश २ लाई ३-० को सोझो सेटमा पराजित गर्यो । प्रदेश ३ ले २ माथि २५-१७, २५-२१ र २५-१० को सेटमा जित निकाल्यो ।
जितसंगै समूह विजेता बनेको पुलिसले ११ अंक जोड्यो । उपविजेता बनेको एपीएफले ७ अंक जोड्यो ।
आइतबार नै भएको महिलातर्फ समूह 'क' बाट एपीएफ र 'ख' बाट प्रदेश ३ ले जित निकाल्यो ।
एपीएफले सुदुरपश्चिम प्रदेशलाई २५-८, २५-१३ र २५-१० को सोझो सेटमा पराजित गर्यो । जितसंगै एपीएफले ३ खेलबाट ९ अंक बनाएको छ ।
प्रदेश ३ ले कर्णाली प्रदेशलाई २५-४, २५-१२ र २५-१८ ले हरायो । प्रदेश ३ को पनि ९ अंक रहेको छ ।
जितसंगै एपीएफ र प्रदेश ३ ले सेमिफाइनलमा स्थान बनायो ।
यस्तै गण्डकी प्रदेशले आर्मीमाथि १३–२५,१७–२५,२५–२३, २५–२१ र १६–१४ को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो ।