काठमाडौं । राजधानीमा जारी सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिला तर्फको विभागिय टोली नेपाल पुलिस क्लब अपराजित रुपमा फाइनल पुगेको छ ।
पुलिस समूह चरणको एक खेल अगावै फाइनल प्रवेश गरेको थियो । पुलिसले शुक्रबार भएको खेलमा न्यु डायमण्ड एकेडेमीलाई पराजित गरेको हो ।
पुलिससँग डायमण्ड पराजित भएसँगै अर्को विभागीय टोली नेपाल एपीएफ क्लब फाइनल प्रवेश गरेको छ ।
पुलिसले डायमण्डलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-२०, २५-१४ र २५-१७ को सोझो सेटमा पराजित गर्यो ।
प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।
फाइनल खेल असार ३० गते शनिबार छ ।