काठमाडौँ। आयोजक सुदूरपश्चिमेली नेपाली समाजलाई पराजित गर्दै युनाइटेड फुटबल क्लबले प्रथम लालबहादुर महत स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
साउदी अरबको पूर्वीक्षेत्र अल खोबारको अल-थुक्बाह खेल मैदानमा भएको फाइनलमा सुदूरपश्चिमेलीलाई ३-० गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो।
सेमिफाइनलमा सुदूरपश्चिमेलीले युनाटेड फुटबल क्लब रेडलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यस्तै, युनाटेडले भने फ्रेन्डशिप नेपाली फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिमेलीसँगको उपाधि भिडन्त पक्का गरेको थियो।
साउदीमा कार्यरत पदमबहादुर महतले आफ्नो स्वर्गीय पिता लालबहादुर महतको तेस्रो स्मृतिमा आयोजना गरेको प्रतियोगितामा २२ टोली सहभागिता रहेको थियो।
उपाधिसँगै युनाइटेडले ५ हजार साउदी रियाल, कप, मेडल र प्रमाणपत्र हात पार्यो। उपविजेता सुदूरपश्चिमले २५ सय साउदी रियाल, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।