काठमाडौं । राजधानीमा जारी सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फको खेलमा विभागिय टोली नेपाल पुलिस क्लब विजयी भएको छ।
बिहीबार भएको पुरुष तर्फको दोस्रो खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो ।
पुलिसले ३-० को सोझो सेटमा जित हात पारेको हो । पुलिसले २५–२१,२८–२६ र २५–१५ को सानदार जित हात पारेको हो ।
जितसॅंगै पुलिसले फाइनल सम्भावना बलियो बनाएको छ ।
प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।
फाइनल खेल असार ३० गते शनिबार छ ।