काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउने नेपाली खेलाडीलाई अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन गर्ने भएका छन् ।
यस अघि खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सम्बोधन गर्दै विशेष प्याकेज घोषणा गर्ने कार्यक्रम बनेको थियो ।
तर, प्रधानमन्त्री अचानक बिरामी हुँदै अस्पताल भर्ना भएपछि खेलाडीलाई अर्थमन्त्रीले सम्बोधन गर्ने भएका हुन् ।प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको छ ।
खेलाडीलाई सम्बोधन लगत्तै प्रधानमन्त्री ओलीले निर्माणाधिन दशरथ रंगशालाको समेत निरिक्षण गर्ने कार्यक्रम रहेको थियो । सागको उद्घाटन र समापन हुने रंगशालाको निरिक्षण कार्यक्रम पनि तत्कालको लागि स्थगित भएको छ ।
अर्थमन्त्रीको सम्बोधन कार्यक्रममा सरकारले महिला भलिबल टिमलाई सम्मान गर्दैछ ।
बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता खेलाडीलाई सम्मान गर्न लागिएको हो ।
१३ औं साग मंसिर १५ बाट सुरु हुँदैछ ।