लामोसाँघु। बाह्रदेवी युवा क्लब र योङ जेनेरेसन युवा क्लब सिन्धुपाल्चोक जिल्ला लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छन्।
लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा सोमबार सम्पन्न खेलमा धार्पा युवा क्लबलाई हराउँदै बाह्रदेवी र प्याराडाइज युवा क्लबलाई हराउँदै योङ न्यू जेनेरेसन अन्तिम चारमा पुगेका हुन्।
पहिलो खेलमा रोशन तामाङको निर्णायक गोलमा बाह्रदेवीले धार्पालाई १-० गोल अन्तरले पराजित गरेको थियो।
यस्तै, सोमबार नै भएको दोस्रो खेलमा जेनेरेसनले प्याराडाइजलाई २-१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो।
अब फाइनल प्रवेशका लागि जेनेरेसनले चौतारा स्पोर्टिङ क्लबसँग खेल्ने छ। यस्तै, बाह्रदेवीले साविक विजेता न्यू सदाबहार युवा क्लबसँग खेल्ने छ।