काठमाडौं । ज्ञान निकेतनले प्रथम केभीएस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ ।
काठमाडौं विनायक शिक्षालय (केभीएस) को आयोजनामा सानोगौचरणमा भइरहेको प्रतियोगितामा ज्ञान निकेतनले एलिक्सरलाई ३–० गोलले पराजित गर्यो ।
अन्य खेलमा एभरेष्ट वल्र्डले सम्भावीलाई २–०, पिस प्वाइन्टले आयोजक केभीएसलाई २–० तथा शुभयोगले कोलम्बसलाई ११–० गोलले हराए ।