काठमाडौं । पिपुल्स एकेडेमी र नेरिक एकेडेमी आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पिपुल्स ग्रिन लन्सलाई १६–१४ ले पराजित गर्यो । पिपुल्सका रुसल स्याङतानले ८ अंक जोडे । नेरिकले रेडिअन्टलाई २१–२० ले हरायो । नेरिकका अनुप खत्रीले १२ स्कोर गरे ।
सिनियर ब्वाइजमा रेडिअन्टले बागमतीलाई ६४–३४, नेरिकले नवोदितलाई ५७–२८, महामञ्जुश्रीले काठमाडौं जेभियरलाई ४१–२३, न्यु जेनिथले दुर्गा भवानीलाई ३५–१६ तथा ब्राइट होराइजनले आयोजक ग्रिनफिल्ड ‘बी’ लाई ४०–२७ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा पुगे ।
सिनियर गल्र्समा नेरिकले काठमाडौं जेभियरलाई २०–१८ ले पन्छायो । नेरिककी दीक्षा सहनीले १४ स्कोर गरिन् ।