काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडल ‘प्लेअर अफ दी सिरिज’ भएका छन्।
रोहितले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ खेलको शृंखलाका ४ इनिङ्समा १ शतक र २ अर्धशतकसहित २६५ रन बनाएका थिए।
वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा रोहितले ११२ रनको शतकीय इनिङ्स खेलेका थिए। ५४ बल खेलेका उनले १० चौका र ६ छक्का प्रहार गरे।
दोस्रो खेलमा पनि रोहितले उही लयलाई पछ्याउँदै नेपालको स्कोर कार्डमा ७१ रन थपे। ४८ बल खेलेका उनले अविजित रहँदै ६ चौका र २ छक्का प्रहार गरे।
तर, तेस्रो खेलमा भने मुख्य प्रशिक्षक मोन्टी देसाईंले उनलाई आराम दिएका थिए। बिहीबार भएको चौथो खेलमा ४७ बल खेलेका रोहितले ७ चौका र ५ छक्कासहित ८२ रनको अविजित इनिङ्स खेलेका थिए। पाँचौँ खेलमा भने उनले ब्याटिङ गर्न पाएनन्।