काठमाडौं । आठौं गोल्डेनपिक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता अन्तर्गत सिनियर ब्वाईजमा ग्रिनल्याण्ड, जुनियर ब्वाईजमा लालिगुराँस र गर्ल्सतर्फको उपाधि रिलायन्सले जितेको छ ।
शुक्रबार भएको सिनियर ब्वाईजको उपाधि भिडन्तमा ग्रिनल्याण्ड स्कुलले आयोजक गोल्डेनपिक माथि ४६–४२ को कठिन जित निकाल्यो । सिनियर तर्फ उत्कृष्ट खेलाडी चुनिएका ग्रिनल्याण्डका राजिव आलेले उत्कृष्ट प्रदर्शन गर्दै १९ स्कोर गरेका थिए ।
चावहिल सरस्वतीनगर स्थित गोल्डेनपिक हाइस्कुलकोे कोर्टमा भएको जुनियर व्वाइज तर्फको खेलमा लालिगुराँसले बाजी मार्यो । दिपेश क्षेत्रीको ११ स्कोरको मद्दतमा लालिगुराँसले एञ्जलहार्ट स्कुललाई ३६–३३ को स्कोरमा स्तब्ध बनायो । दिपेश नै जुनियर व्वाइजका उत्कृष्ट खेलाडी चुनिए ।
त्यस्तै गर्ल्सको उपाधी रिलायन्स पब्लिकले जित्यो । फाइनल खेलमा रिलायन्स पब्लिकले गोल्डेनपिक हाइ स्कुललाई १४–१० का कठिन जित निकाल्यो । रिलायन्सको जितमा ११ स्कोर गरेकी ओजस्वी निरौला उत्कृष्ट खेलाडी भइन् ।
प्रतियोगितामा आयोजक गोल्डेनपिक स्कुलका खेलाडीले हाई स्कोररको तीनै विधाको उपाधि हात पारे । सिनियर तर्फ गोपाल भण्डारी, जुनियर व्वाइज तर्फ सुविन तामाङ्ग र गल्र्स तर्फ दावा छिन्जुम शेर्पाले प्रतियोगिता अवधिभर उच्च स्कोर गरेका थिए ।
प्रतियोगितामा सिनियर तर्फ भ्यालिपब्लिक स्कुलका सक्रिय अधिकारी उत्कृष्ठ थ्रि प्वाइन्टर चुनिदा जुनियर व्वाइज तर्फ एञ्जलहार्टका दिवस गर्वुजाले उपाधि हात पारे । त्यस्तै गर्ल्सतर्फ भने उदयमान खेलाडीको उपाधि आयोजक गोल्डेपिक स्कुलकी खेलाडी इमोनिका राईले हासिल गरिन् ।
जुनियर व्वाइजतर्फ लालिगुराँस स्कुल शुक्रबार च्याम्पियन बन्न सफल भएका छन् । सिनियर व्वाइज तर्फ फाइनल खेलको भिडन्तमा ग्रिनल्याण्ड स्कुलले गोल्डेनपिक हाइ स्कुललाई को सानो अन्तरमा हराउदै गोल्डेनपिक कपको उपाधी चुम्न सफल भएको छ । त्यस्तै गल्र्स तर्फको खेलमो सानो अन्तरमा विजयी बन्न सफल भएको छ ।
प्रतियोगिताको विजेता खेलाडीलाई प्रमुख अतिथि नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, पत्रकार तथा लेखक दामोदर न्यौपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन कुमार खत्री, उपत्यका प्यावसन अध्यक्ष थकिन कुमार गुरुङ्ग, प्राचार्य छत्रमणि राई लगायतले मेडल, प्रमाण पत्र, ट्रफि तथा अन्य पुरस्कारहरु वितरण गरेका थिए ।