पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरुष युगलमा पुलिस क्लबका कमल भण्डारी र नउबहादुर लुंगेलीको जोडीले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा मंगलबार भएको फाइनलमा कमल र नउबहादुरको जोडीले प्रदेश -१ का युकेश योन्जन र आशिष बोहराको जोडीलाई ५-३ ले पराजित गर्दै स्वर्ण हात पारेका हुन् ।
पुरुष युगलमा बागमती प्रदेशका प्रदीप खत्री र वृजेश पाण्डे तथा गण्डकी प्रदेशका शक्ति शर्मा र धर्म लामिछानेको जोडीले कांस्य पदक जितेका छन् ।
महिला युगलमा एपीएफ क्लबका भगवती बिक र समृद्धि महर्जनको जोडीले लुम्बिनी प्रदेसहका ऋतिका चौधरी र विमला पन्थीको जोडीलाई ५-० ले हराएर स्वर्ण जितेको हो ।
महिला युगलमा प्रदेश १ का श्रेया योन्जन र श्रेया राई तथा नेपाल पुलिसका विष्णा भण्डारी र सिषम चन्दको जोडीले कांस्य पदक जितेका छन् ।