स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगिताको दास्रो खेलमा प्रदेश नम्बर १ विजयी भएको छ ।
स्याङ्जाको वालिङमा शनिबार प्रदेश नम्बर १ ले घरेलु टोली गण्डकी प्रदेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
अन्जना थुलुङ राईले ३६ औं मिनेटमा गोल गर्दै प्रदेश नम्बर १ लाई अग्रता दिलाएकी थिईन् । ६३ औं मिनेटमा अनिता गुरुङले गोल गर्दै प्रदेश नम्बर-१ लाई २-० को अग्रता दिलाईन् ।
त्यसपछि खेलको ८१ औं मिनेटमा गण्डकी प्रदेशकी शान्ति नेपालीले गोल गरेपनि प्रदेश-१ विजयी भयो ।
शनिबार भएको तेस्रो खेलमा वाग्मती प्रदेशले लुम्बीनी प्रदेशलाई ७¬–० गोल अन्तरले पराजित गर्दै जित निकालेको छ ।
खेलको २५ औँ मिनेटमा बाग्मतीकी सुजिता लामाले पहिलो गोल गर्दै विजयीको यात्रा अगाडि बढाएकी हुन् । लगत्तै केहि सेकेण्डमा लुम्बीनीकी आकृति वलीले आत्मघाती गोल गर्दा पुन वाग्मतीलाई दोस्रो गोल हात परेको थियो ।
खेलको २९ औँ मिनेटमा पुजा लामाले एक गोल थपिन र आफ्नो समुहमा तेस्रो गोल बनाईन् ।
खेलको ३७ औँ मिनेटमा मनिसा थापा मगरले समुहका लागि चौथो गोल बनाईन भने ३८ औँ मिनेटमा पुजा लामाले पाँचौ गोल थपिन् ।
यस्तै खेलको ७६ औँ मिनेटमा कुमारी तामाङले छैँटौ गोल गरिन भने ८१ ऋौँ मिनेटमा सुजता लामाले सातौँ गोल गर्न सफल भईन् ।