काठमाडौं । विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले युएस ओपन गुमाउने भएका छन् ।
युएस ओपन आगामी सोमबारबाट न्युयोर्कमा सुरु हुँदैछ ।
तर, जोकोभिचले कोभिड-१९ को खोप नलगाएको कारण अमेरिका आउन अनुमति पाएका छैनन् ।
जोकोभिचले सामाजिक संजाल ट्वीटरबाट आफुले युएस ओपनका लागि न्युयोर्क भ्रमण गर्न नसक्ने बताएका छन् ।
अमेरिकाले कोभिडको खोप नलगाएका व्यक्तिलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ ।
जोकोभिचले हालसम्म कोभिड-१९ को खोप लगाएका छैनन् ।
खोप नलगाएकै कारण उनले अष्ट्रेलियन ओपन गुमाएका थिए ।